Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


मधेश प्रदेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर


169
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हो । साथै पहाडी भू-भागमा भने आंशिक बादल लागेको छ । बाँकी हिमाली तथा पहाडी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको हो। साथै तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेका कारण जनजीवन कष्टकर भएको महाशाखाले जनाएको छ ।

त्यस्तै, मंगलबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएका कारण जनजीव प्रभावित हुने भएको हो । रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लाग्ने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।

त्यस्तै, मंगलबार राति भने तराई भू-भागका केही स्थानहरूमा हुस्सु लाग्ने भएको छ। साथै पहाडी तथा हिमाली भू‍-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।