काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ।
लगातार बढिरहेको सुनको मूल्य साेमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। साेही दिन सुन प्रतितोला २ लाख ७८ हजार रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला २ लाख ८२ हजार रूपैयाँ पुगेको छ।
यो मूल्य अघिल्लो रेकर्ड भन्दा प्रतितोला ४ हजार रूपैयाँले बढी हाे। आइतबार भने सुन २ लाख ७७ हजार ८ सय रूपैयाँमा कारोबार भएकाे थियाे। आइतबारको तुलनामा सोमबार भने सुन प्रतितोला ४ हजार २ सय रूपैयाँ बढेको हो।
त्यस्तैगरी सोमबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आइतबार तोलामा ५ हजार ६ सय २५ रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदीकाे मूल्य सोमबार ५ हजार ८ सय १० रूपैयाँमा कारोबार भइरहेको छ। साेही मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ८५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस ४ हजार ६ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्