काठमाडाैं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले माघ ६ गतेका निम्ति निर्धारित प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।
आज अपरान्ह कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, फूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती र अधिवत्ता केशवराज जोशीले आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको मागसहित निवेदन दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगन गर्न देउवा समूहले माग गरेको हो । देउवा समूहले निवेदनका साथ सर्वोच्चमा दायर रिट निवेदनका साथै माघ ६ गतेका निम्ति त्यसको पेसी तोकिएको तारेख पर्चाको प्रतिलिपि समेत आयोगमा बुझाएको छ ।





प्रतिक्रिया दिनुहोस्