Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य फेरी बढ्याे


806
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बिहीबार प्रतितोला १ हजार ५ सय रूपैयाँले घटेको सुनको मूल्य शुक्रबार भने बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला २ लाख ७७ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे छ। बिहीबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य बुधबारकाे तुलनामा प्रतितोला ७ सय रूपैयाँ बढेको हो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार तोलामा ५ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी शुक्रबार ५ हजार ६ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य बिहीबारकाे तुलनामा प्रतितोला १ सय ६० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस ४ हजार ५ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।