Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै एमालेकाे आशंका


169
Shares

काठमाडाैं । नेकपा एमालेले आगामी निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुनेमा अझै आशंका रहेको जनाएको छ ।

निर्वाचन आचारसंहितासम्बन्धि निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै एमालेका सचिव डा.राजन भट्टराईले यस्ताे आशंका प्रकट गर्नुभएकाे हो । उहाँले निर्वाचनलाई भयरहित ढंगले निष्पक्ष रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आायोगले कस्तो तयारी गरिरहेको भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले निर्वाचनको आचारसंहिता कार्यान्वयनका लागि अनुगमन प्रणालीलाई प्रभावकारी बनाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभएकाे छ। सचिव भट्टराईले निर्वाचन आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयनमा नजाँदा विगतको निर्वाचन पनि सहज हुन नसकेको समेत स्मरण गराउनुभयो ।

सचिव भट्टराईले निर्वाचनको प्रचार सम्बन्धि आचारसंहितामा उल्लेख गरिएको व्यवस्था व्यवहारिक नरहेकोतर्फ पनि निर्वाचन आयोगलाई सचेत गराउनुभएकाे छ ।