Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य ह्वात्तै घट्यो


5.6k
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको जनाएकाे हाे। बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ काराेबार भइरहेकाे छ। यस अघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको हाे ।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ । चाँदी बुधबार तोलामा ५ हजार ६ सय ५५ रुपैयाँ काराेबार भएको थियाे । तर चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ४ सय ८५ रुपैयाँ काराेबार भएको महासंघले जनाएको छ।