Logo २० असार २०८३, शनिबार | Sat Jul 4 2026


इरानमा हत्याको श्रृंखला रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी


988
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरानमा भइरहेको हत्याको क्रम रोकिएको दावी गर्नुभएकाे छ।

राष्ट्रपति ट्रम्पका अनुसार उहाँको प्रशासनलाई इरानमा हत्या रोकिएको आधिकारिक जानकारी प्राप्त भएको हाे। अब अमेरिकाले त्यहाँको प्रक्रियालाई सुक्ष्म रूपमा अवलोकन गर्ने भएकाे छ । इरानको पछिल्लो अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भइरहेकाे समयमा राष्ट्रपति ट्रम्पको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

अमेरिकाले इरानमा विकसित घटनाक्रमलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ ।