Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


काठमाडौंमा आजदेखि राष्ट्रिय लिग फुटबल खेल शुरू हुँदै

उद्घाटन खेलमा काँक्रेबिहार र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुने

169
Shares

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा बुधबारदेखि काठमाडौंमा राष्ट्रिय लिग फुटबल शुरु हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने राष्ट्रिय लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो । लिगमा १७ क्लबको सहभागिता रहने भएको छ । बुधबार हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । त्यस्तै, बुधबार नै हुने दोश्रो खेलमा श्री भगवती क्लव र चर्च व्वाईज युनाइटेडबीच पनि प्रतिष्पर्धा हुने छ ।

राष्ट्रिय लिग फुटबल लागि आफूहरुले तयारी गरिसकेको र राम्रो नजिता ल्याउन क्लबका प्रशिक्षक र कप्तानहरुले बताएका छन् । प्रतियोगिता अघि एन्फा कम्प्लेक्स सातदोवाटामो आयोजित प्रिम्याच कन्फ्रेन्समा उनीहरुले नेपाली घरेलु लिग चलायमान हुन लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो टीमको योजना सुनाएका थिए ।

राष्ट्रिय लिगमा ए–डिभिजन क्लबहरु चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ, एनआरटी, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङ्दी क्लब, सङ्कटा क्लब, फ्रेन्ड्स क्लब, एपिएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड र श्री भगवती क्लब सहभागी हुँदैछन् ।

त्यस्तै, एन्फा प्रेसिडेन्ट कपबाट छनोट भएका लालीगुराँस एशोसियनस, चित्लाङ क्लब, नव जनजागृति क्लब र काक्रेविहार स्पोट्र्स क्लब सहभागी हुने भएका हुन् । लिगको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार पाउने एन्फाले जनाएको छ ।