Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम


1.4k
Shares

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य बढेको छ।

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनप्रतितोला २ लाख ७६ हजार ५ सय रूपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला १ हजार ८ सय रूपैयाँ बढी हाे ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा फुगेको छ। सोमबार तोलामा ५ हजार १ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५ हजार ३ सय ४० रूपैयाँमा कारोबार भइरहेको हाे।साेही मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ सय ४५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस ४ हजार ५ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।