Logo २७ पुस २०८२, आइतबार | Sun Jan 11 2026


विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइनः करुणा कटुवाल


364
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताउनुभएको छ ।

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले काँग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताउनु भयो ।

उहाँले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गर्नुभयो । विशेष महाधिवेशन काँग्रेसको निकासको लागी मात्रै नभई देशकै निकास निकाल्नको लागी आवश्यक भएको बताउनु भयो । काँग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरु सहभागी भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, नेपाली काँग्रेसलाई मात्रै निकाश होईन देशको निकासको लागी यो विशेष महाधिवेशन हो । यो सिंगो देशको निकासको लागि हाम्रो पुस्ताको भावनालाई समेट्नको लागी यो विशेष महाधिवेशन हो । यो कुनै फुटको होईन, कुनै तिक्तताको लागी होइन । कुनै नेताको विरुद्धमा गरिएको विशेष महाधिवेशन होइन ।

यो हामीले हाम्रो पार्टी जोगाउने संवैधानिक र नैतिक प्रयास मात्रै हो । हामी यहाँ नेताको भाषणा सुन्न गाउँमा सम्पूर्ण कुरा छाडेर आएका होईनौँ । हामी नेपाली कांग्रेसको दिशा निर्देश गर्ने रोडम्याप बोक्न आएका हौँ । हामी नयाँ उर्जा, नयाँ सोच र विचारका साथ यहाँबाट फर्किनेछौँ ।’ उहाँले विशेष महाधिवेशनले आगामी निर्वाचनमा काँग्रेसलाई नयाँ उत्साहका भोमिन सहयोग गर्ने बताउनुभयो ।