काठमाडौं। काठमाडौंको जहरसिंहपौवा-साँखु सडकखण्डमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ जन पुगेको छ।
साेही दुर्घटनामा परी घाइते भएका २३ जनाको अस्पतालमा उपचार जारी रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे हाे। बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटना हुँदा ३ महिला र २ जना पुरुषको मृत्यु भएको प्रहरीले बताएकाे छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने अन्दाजी ६० वर्षीय अर्जुन लामिछानेको पनि उपचारको क्रममा बुधबार राति साढे १२ बजे मृत्यु भएपछि जम्मा मृतकको संख्या ५ जना पुगेको प्रहरीले जानकारी दिएकाे हाे।





प्रतिक्रिया दिनुहोस्