Logo २५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026


मलेसियाका पूर्वप्रधानमन्त्री मोहम्मद निवासमै लडेर घाइते भएपछि अस्पताल भर्ना


325
Shares

एजेन्सी । मलेसियाका पूर्वप्रधानमन्त्री महाथीर मोहम्मद मंगलबार आफ्नै निवासमा लडेर घाइते भएपछि अस्पतालमा भर्ना हुनु भएकाे छ।

१ सय वर्ष पुगिसकेका महाथिरको दाहिने हिपमा फ्र्याक्चर भएको उहाँका सहयोगीले जानकारी दिएका हुन् । सहयोगी सुफी युसोफका अनुसार महाथिरलाई मंगलबार बिहान होशमै क्वालालम्पुरस्थित नेसनल हार्ट इन्स्टिच्युटमा एम्बुलेन्समार्फत लगिएको थियो ।

प्रारम्भिक चिकित्सकीय परीक्षणपछि उहाँको दाहिने खुट्टामा हिप फ्र्याक्चर भएको पुष्टि गरिएको सुफीले बताउनुभएकाे छ।