Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


देशैभरी आज पश्चिमी वायूको प्रभाव

तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरोका कारण जनजीवन कष्टकर

325
Shares

काठमाडाैं। हाल देशैभरी पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूवाृनुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, बुधबार दिउँसो भने तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने भएकाे हाे। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बदली हुने भएकाे छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे महाशाखाले जनाएकाे हाे।

त्यस्तै, बुधबार राति भने तराई भू-भागका अधिका‌श स्थानहरूमा हुस्सु लाग्ने भएकाे छ। साथै देशका पहाडी र हिमाली भू‍-भागमा मौसम मुख्यतया सफा रहने महाशाखले जनाएकाे हाे।