Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


सबै अमेरिकी आरोपमा आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति मादुरोकाे जिकिर

राष्ट्रपति मादुराेविरुद्धको मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ तारिखमा हुने

728
Shares

एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार न्यूयोर्कको एक अदालतमा आफ्नो पहिलो उपस्थितिमा सबै अमेरिकी आरोपहरूमा आफू निर्दोष रहेको बताउनुभएको छ ।

अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतलाई आफू निर्दोष रहेकाे र कुनै अपराध नगरेको दावी गरेका हुन्। मादुरोले आफूलाई काराकासस्थित आफ्नै घरबाट अप-हरण गरिएको र अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति नै भएको बताएका छन्।

राष्ट्रपति मादुराेविरुद्धको यस मुद्दाको अर्को सुनुवाइ आगामी मार्च १७ तारिखका लागि तय गरिएको छ।