Logo २३ पुस २०८२, बुधबार | Wed Jan 7 2026


रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा आज सुनुवाइ हुँदै


572
Shares

काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा साेमबार सुनुवाइ हुने भएकाे छ।

२ वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको आममाफीविरुद्धको रिट सुनुवाइका लागि साेमबार पेशी तोकिएको हो । रेशमले माफी पाएको भोलिपल्ट अर्थात २०८० जेठ १६ गते टीकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट हालेकी थिइन् ।

उक्त मुद्दामा २०८० जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेशसहित अग्राधिकार दिएको थियो ।