Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्म कारबाहीमा

युवराज ट्रेड एण्ड सप्लायर्सलाई १० हजार जरिवाना

286
Shares

काठमाडाैं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ ।

विभागले काठमाडौंको गैरीगाँउस्थित युवराज ट्रेड एण्ड सप्लायर्सलाई १० हजार जरिवाना गरेको हाे। विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ । विभागले अन्य १६ वटा फर्मलाई भने निर्देशनात्मक कारबाही गरेको छ ।

विभागले स्थानीय प्रशासन र जनप्रतिनिधिसहितको सहभागितामा बजारमा स्वच्छता कायम गर्न निरन्तर अनुगमन तथा निरीक्षण गर्दै आएको हाे ।