Logo ११ बैशाख २०८३, शुक्रबार | Sat Apr 25 2026


भेनेजुएला अन्य राष्ट्रको उपनिवेश नहुने उपराष्ट्रपति रोड्रिग्वेजकाे तर्क


2.5k
Shares

एजेन्सी । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध गर्नुभएकाे छ।

उहाँले सरकारी टेलिभिजनमा सम्बोधका क्रममा अमेरिकी हस्तक्षेपलाई ॅजनताको चाहना मोड्न खोज्ने बरबर कदम’ भन्दै आलोचना गर्नुभएकाे हाे। आज भेनेजुएलासँग जे भइरहेको छ, त्यस्तै कुनै पनि स्वतन्त्र राष्ट्रसँग हुन सक्ने उहाँकाे भनाइ छ। तर धैर्यवान र शान्ति तथा स्थिरतापूर्वक बाटो पत्ता लगाउने उहाँकाे तर्क थियाे।

उपराष्ट्रपति रोड्रिग्वेजको यो सम्बोधन अमेरिकी आक्रमणपछि आएको छ।