काठमाडौं । कतार सरकारले १३ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ।
कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपालीलाई आममाफी दिएको हो । कतारको जेलमा रहेका कैदीहरूलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारले आममाफीको लागि कतार सरकारलाई धन्यवाद दिएको हाे । मन्त्रालयले उदारतापूर्वक प्रदान गरिएको आममाफीको लागि कतार सरकारप्रति आभार प्रकट गरेको छ ।
नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको दयालु माफीको उच्च कदर समेत गरेको मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्