Logo १८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026


चीनमा विपदकाे पूर्वसूचना दिन ६ वटा ड्रोनको प्रयोग


208
Shares

एजेन्सी। चीनको कुजिङ शहरमा विपद व्यवस्थापन र वातावरणीय सुरक्षाका लागि ६ वटा ड्रोनमार्फत नियमित हवाई गस्ती र अनुगमन शुरु गरिएको छ ।

दक्षिण–पश्चिम चीनको युन्नान प्रान्तस्थित कुजिङ शहरमा ड्रोनहरूको एक अनुगमन सञ्जालले आगलागीको जोखिम पत्ता लगाउन र सम्भावित विपद्हरूको पूर्वसूचना दिन नियमित रूपमा हवाई गस्ती गरिरहेको हो ।

यी ड्रोनहरूले पानीको गुणस्तर अनुगमन गर्न र पारिस्थितिक सुरक्षा कायम राख्न नदीहरूको गस्ती समेत गर्ने गरेका छन् ।