Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


स्वीट्जरल्याण्डकाे एक रिसोर्टमा आगलागी हुँदा दर्जनाैंकाे मृत्यु, सयाैं घाइते


481
Shares

एजेन्सी। स्वीट्जरल्याण्डको एक रिसोर्टमा नयाँ वर्षको पार्टी मनाइरहँदा भएको आगलागीबाट दर्जनौंको मृत्यु भएको छ।

एल्पाइन हेभनमा रहेको क्रेन्स मोन्टाना स्की रिसोर्टमा नयाँ वर्षको पार्टी चलिरहेको समयमा बुधबार राति अचानक आगलागी भएको थियो । आगलागीबाट दर्जनौंको मृत्यु भएको र मृतकको यकिन संख्या भने अझैसम्म बताइएको छैन । अहिलेसम्म अस्पताल पुर्‍याइएका घाइतेहरुको संख्या १ सय जना बढी रहेकाे छ। आगलागी कुनै प्राविधिक गल्तीका कारण भएको र कुनै आतंककारी संलग्नता नरहेको दाबी स्थानीय अधिकारीहरुले गरेका छन् ।

आगलागी भएको रिसोर्ट युवाहरुकाे माझ निकै लोकप्रिय रहेको छ ।