काठमाडाैं। अन्तर्राष्ट्रिय चेन रेष्टूराँ केएफसीले राजमार्गमा पनि सेवा विस्तार गरेको छ।
कम्पनीले पृथ्वीराजमार्गको कुरिनटारस्थित ई-स्टप कुरिन्टारमा सेवा विस्तार गरेको हो । ई-स्टप कुरिन्टार र केएफसीले ऐतिहासिक साझेदारी गर्दै नेपालको पहिलो राजमार्ग “ग्रीन रेस्टुरेन्ट“ को शुरुवात गरेको हो। नेपालको प्रमुख राजमार्ग पृथ्वीराजमार्ग गन्तव्यमा ऐतिहासिक साझेदारीले पहिलो फ्ल्यागशीप ग्रीन केएफसी शुरुवात गर्दै नेपालमा स्थायी यात्रा र डाइनिङ्गको लागि नयाँ आयाम स्थापना गरेको जनाएको छ । राजमार्ग आतिथ्य सेवालाई पुनः परिभाषित गर्ने एक अग्रगामी कदममा, ई-स्टप नेपाल-प्रतिष्ठित प्रिमियम राजमार्ग डाइनिङ्ग र चार्जिङ गन्तव्य र नेपालमा केएफसीको फ्रान्चाइजी साझेदार देवयानी इन्टरनेशनल ले ई-स्टप कुरिन्टारमा एक क्रान्तिकारी ग्रीन केएफसी आउटलेट को भव्य उद्घाटन गरेको छ।
काठमाडौं-मुग्लिङ राजमार्गको दारेचोकस्थित ई-स्टप आफैंमा एक प्रमुख आतिथ्य सेवा विश्राम्स्थलको रूपमा स्थापित भइसकेको जनाइएको छ । यहाँ एकै ठाउँमा फाइन डाइनिङ्ग, बिभिन्न थरिका नेपाली खाना, विश्रामस्थल र ठूलो इभी चार्जिङ स्टेशन सबै सुविधा रहेका छन् । आज यो फ्ल्यागशिप स्थान अर्को ऐतिहासिक उपलब्धि थपिएको दावी गरिएको छ । नेपालमा केएफसीको २५औं स्टोर, जसले एकै-चोटी केएफसी ब्राण्डको नेपालमा पहिलो राजमार्ग आउटलेट र राष्ट्रको पहिलो फ्ल्यागशिप ग्रीन केएफसी स्टोर को रूपमा चिनाएको जनाइएको छ ।
नेपालमा केएफसी भित्रिएको १६ वर्ष पूरा भइसकेको हाे । यो साझेदारी नवीनता र पर्यावरणीय सदाचारको साझा प्रतिबद्धतामा आधारित रहेको जनाइएको छ । वातावरणमैत्री मिसन जीरो एमिसन पहल अन्तर्गत संचालित यो केएफसी आउटलेट पर्यावरण-चेतना युक्त डिजाइनको एक प्रतिमान नै भएको दावी गरिएको हाे ।





प्रतिक्रिया दिनुहोस्