Logo १७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026


अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न आवश्यकः गृहमन्त्री अर्याल


104
Shares

काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताउनुभएको छ ।

काठमाडाैंमा बिहीबार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरु बढिरहेको उल्लेख गर्दै ती अपराधहरु न्यूनिकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताउनुभयो । नेपाली नागरिकहरुको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरुको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

गृहमन्त्री अर्यालले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीकोले विदेशी नागरिकको आवतजावत व्यवस्थित र सुरक्षित प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रणालीले अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरुको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजी कार्यमा सहजिकरण गर्न, नेपालमा विदेशी नागरिकहरुको अवाञ्छित गतिविधिहरु नियन्त्रण गरी विभिन्न अपराधहरुको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभएकाे छ।

गृहमन्त्री अर्यालले सरकार विधिको शासन, भ्रष्टाचार मुक्त र सुशासन कायम गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्न सम्पूर्ण रुपले निर्वाचनमा केन्द्रित रहेको पनि बताउनुभयो।