काठमाडौं। भारतले ६ सय ५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स) को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ।
भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६ सय ५४ मेगावाट विद्युत चौबिसैं घण्टा (अरटीसी) आयात गर्न अनुमति नवीकरण गरेको हो । यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिने भएकाे छ।
नेपाल विद्युत प्राधिकरणले ढल्केवर-मुजफफ्पुर ४ सय केभी प्रसारण लाइनमार्फत ६ सय सय टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६ सय ५४ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । यहि पुस १७ गतेदेखि १७ चैत (९१ जनवरी–३१ मार्च २०२६० सम्म) विद्युत आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ ९१ अप्रिल–३१ अगस्ट २०२६० सम्मको नवीकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटीसी मोडमा विद्युत आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गर्नुभएकाे थियाे । आरटीसी मोडमा विद्युत् आयात गर्न अनुमति पाएकाले हिउँद यामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने उहाँकाे भनाइ छ।





प्रतिक्रिया दिनुहोस्