Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


शेयर बजारमा आज दोहोरो अंकको सुधार

५ अर्ब १३ करोड माथिको कारोबार

130
Shares

काठमाडौं । शेय बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकको सुधार देखिएको छ ।

परिसूचक १० दशमलव ८७ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ७६ विन्दुमा पुगेको हो । दिनभरी उतारचढावपूर्ण रहेको बजार अन्तिम समयमा सकारात्मक लय समात्दै बन्द भएको हो । दिनभरी जम्मा ३ सय ४२ वटा कम्पनीका १ करोड १९ लाख ४६ हजार ३३३ कित्ता सेयर खरिद बिक्री भएका छन् । याेसँगै कूल कारोबार रकम ५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ पुगेको हाे।

कारोबारमा १ सय ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ। ८९ वटा कम्पनीको मूल्य भने घटेको हाे। त्यस्तै, ८ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन देखिएन । बजारमा विन नेपाल लघुवित्तको मूल्यमा १० प्रतिशत गिरावटसहित नकारात्मक सर्किट लाग्दा सिटिजन्स बैंकको डिवेञ्चरको मूल्य ९ दशमलव ६१ फ्रतशितले घटेको छ ।

समूहगत सूचकहरूमध्ये सबै सूचक सकारात्मक रहेका हुन् । उत्पादनमूलक समूहमा सर्वाधिक १ दशमलव ६१ प्रतिशत वृद्धि हुँदा अन्य सबै समूहमा एक प्रतिशत झन्दा कमले बढेको छ। दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हाे । एसवाई प्यानल र न्यादी पावर कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज ग्रीन भेञ्चर अग्रस्थानमा रहेका छ । उक्त कम्पनीको १७ करोड ७९ लाख रुपैयाँको कारोबार भयो । त्यसैगरी बन्दीपुर केवलकार, श्रीनगर एग्रिटेक, हिमालयन रिइन्सयोरेन्स र शिवम् सिमेन्ट पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा परेकाे नेप्सेले जनाएकाे छ।