Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


इरानले पुनः हतियार जुटाउने प्रयास गरे आक्रमण गर्ने अमेरिकाकाे चेतावनी

इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको विस्तारले खतरा निम्त्याउने इजरायलकाे तर्क

767
Shares

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले पुनः हतियार जुटाउने प्रयास गरेमा इरानमाथि फेरि आक्रमण गर्ने चेतावनी दिनुभएको छ।

फ्लोरिडामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई स्वागत गर्दै उहाँले उनीहरूलाई पराजित गर्ने बताउनुभएकाे हाे । उहाँले सम्झौता गर्नु इरानका लागि धेरै बुद्धिमानी हुने बताउनुभयो । वार्ताका क्रममा प्रधानमन्त्री नेतान्याहुले राष्ट्रपति ट्रम्पलाई इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमको विस्तारले खतरा निम्त्याउने र यसले तत्काल कारबाही आवश्यक बनाउन सक्ने बताउनुभयो ।

जुन १३ मा इजरायलले इरानका आणविक र सैन्य स्थलहरू लगायतका धेरै क्षेत्रहरूमा अचानक हवाई आक्रमण गरेको थियो । जसमा वरिष्ठ कमाण्डरहरू आणविक वैज्ञानिकहरू र सर्वसाधारण मारिएका थिए । गत जुन २२ तारिखमा अमेरिकी सेनाले नातान्ज, फोर्डो र इस्फाहानका तीन इरानी आणविक केन्द्रहरूमा बमबारी गरेको थियो ।