Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


आफ्नो इच्छा विपरित ससुरा केसीलाई समानुपातिक उम्मेदवारकाे सूचीमा राखेकाे महामन्त्री थापाको दावी

समानुपातिकको सूचीमा ससुरालाई राख्न आफूले कुनै पनि प्रयास नगरेको तर्क

1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो इच्छा विपरित ससुरा अर्जुननरसिंह केसीलाई समानुपातिक उम्मेदवारकाे बन्दसूचीमा राखेकाे दावी गर्नुभएकाे छ।

महामन्त्री थापाले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत यस्ताे बताउनुभएकाे हाे। कांग्रेसले मंगलबार समानुपातिकतर्फको पेश गरेको बन्दसूचीमा उहाँले आफ्नो इच्छाविपरित ससुरा केसी समानुपातिक उम्मेदवार बनेको दावी गर्नुभएकाे हाे।

महामन्त्री थापाले ससुरा केसीलाई समानुपातिकको सूचीमा राख्न प्रयास नगरेको बताउँदै बाहिर गलत हल्ला फैलाइएको बताउनुभएकाे छ । उहाँले ससुरा समानुपातिकको सूचीमा पर्नु आफ्नो अनुरोध र हर-सम्भव प्रयास विपरितको निर्णय भएको समेत बताउनुभयाे।

महामन्त्री थापाले सामाजिक सञ्जालमा यस्ताे लेख्नुभएकाे छ: