काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमा गइसकेका कारण त्यसअघि विशेष महाधिवेशन हुन नसक्ने प्रष्ट पार्नुभएकाे छ ।
सभापति देउवाले केही संचारकर्मीसँगको अनौपचारिक रुपमा भेटवार्ताका क्रममा यस्ताे बताउनुभएकाे हाे।निर्वाचनपछि नै महाधिवेशन गर्नु उपयुक्त हाे भनेर आफूले सुझाव दिएको उहाँकाे भनाइ छ। उहाँले भन्नुभयाे,-‘विशेष महाधिवेशन चुनाव अगाडि हुँदैन । नगरी हुन्न भन्ने हो भने मैले के भन्नु ? कार्यवाहक दिएकै छु । जे-जे गरे पनि केही भएन । महाधिवेशन उपयुक्त हो भन्ने मेरो सुझाव मानेनन् भने के गर्नु त ?
पार्टीले निर्वाचन जित्न ध्यान केन्द्रित गर्नुपर्ने भएकाले महाधिवेशनमा जाँदा आपसमा मतभेद र विभाजनसम्म हुने सभापति देउवाले बताउनुभयाे।
’





प्रतिक्रिया दिनुहोस्