Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं: रेशम चौधरी


390
Shares

काठमाडाैं। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ।

पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूचीकाे नाम बुझाउन निर्वाचन आयोगमा साेमबार पुग्नुभएका उहाँले यस्ताे बताउनुभएको हो । उहाँले नागरिक उन्मुक्ति पार्टी लगायतका पार्टीहरुसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो। सोही पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्द सूचीमा पनि आफूले देशका सबै भूगोललाई समेटर उम्मेदवार बनाएको पनि जानकारी दिनुभएकाे छ।

संरक्षक चौधरीले निर्वाचनमा आउने परिणाम भने मतदाताको छनाेटमा भरपर्ने बताउनुभयो ।