Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


शेयर बजारमा आज दोहोरो अंकको गिरावट


208
Shares

काठमाडौं । कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साेमबार दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ।

नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर २ हजार ६ सय २२ दशमलव ८८ को बिन्दुमा कायम भएको हाे । ३ सय ३७ कम्पनीको १ करोड ३७ हजार ३ सय ७ कित्ता शेयर ६९ हजार ५ सय ४८ पटक खरिद बिक्री हुँदा ४अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। कारोबारमा विकास बैंक र म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ।

एसवाई प्यानल नेपाल लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हाे। कारोबार रकमका आधारमा सबै भन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको २३ करोड २ लाख ४१ हजार ९ सय ३६ बराबरको शेयर किनबेच भएको छ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबै भन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ३ लाख २ हजार ९ सय कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएकाे हाे।