Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


उपसभामुख मगर गाडी बुझाएर भइन् संसद सचिवालयबाट बिदा


2k
Shares

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरले संघीय संसद सचिवालयबाट बिदा हुनुभएकाे छ।

उपसभामुख मगरले संघीय संसद सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आइतबार आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको संसद सचिवालयले जनाएकाे हाे। साथै उहाँले सरकारी कार्यालय पनि छाेड्नुभएकाे छ। संविधानमा प्रतिनिधिसभा विघटन भएको अवस्थामा अर्को निर्वाचनका लागि उम्मेदवारी दाखिला गर्ने अघिल्लो दिन सभामुख र उपसभामुखको कार्यकाल सकिने उल्लेख छ।

संविधानमा स्पष्ट नभएकाले उम्मेदवारी दाखिला गर्ने दिन समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाउने अघिल्लो दिन मान्ने कि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मान्ने भन्नेमा विवाद छ। यता सभामुख देवराज घिमिरेले भने प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन छोड्ने जानकारी उहाँको सचिवालयले गराएको हाे।

निर्वाचन आयोगले समानुपातिक तर्फको सूची बुझाउने पुस १३ र १४ गते तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने आगामी माघ ६ गतेका लागि मिति तोकेको छ।