Logo ४ मंसिर २०८३, शुक्रबार | Sat, Nov 21, 2026


निर्वाचन आचारसंहिता स्वीकृत

चुनावी प्रचारमा १० वटा राष्ट्रिय झण्डा मात्रै प्रयोग गर्न पाइँने

650
Shares

काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ स्वीकृत गरेको छ।

आयोगको आइतबार बसेको बैठकले आचारसंहिता स्वीकृत गरेको कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभएकाे हाे। आचार संहितामा दल वा उम्मेदवारले चुनाव प्रचारप्रसारका क्रममा जुलुस, आमसभा, कोणसभा, घरदैलो, भेटघाट र जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न सकिने आयाेगले जनाएकाे छ।

साथै निर्वाचनमा कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न आचारसंहिताले रोक लगाएको हाे।

Skip This