Logo १२ पुस २०८२, शनिबार | Sat Dec 27 2025


कीर्गिस्तानको अर्थतन्त्र दिगो र उच्च गुणस्तरको वृद्धिको बाटोमा प्रवेश गरेको छः राष्ट्रपति


104
Shares

काठमाडाैं ।

कीर्गिस्तानको अर्थतन्त्र पछिल्लो चार वर्षमा अभूतपूर्व दरमा विस्तार भइरहेको र मुख्य सूचकहरूले यो दिगो र उच्च गुणस्तरको वृद्धिको बाटोमा प्रवेश गरेको देखाएको कीर्गिज राष्ट्रपति सदिर जापारोभले बताउनुभएको छ ।

देशको राजनीतिक सल्लाहकार निकाय चौथो पिपुल्स कुरुल्ताईलाई सम्बोधन गर्दै जापारोभले पछिल्लो तीन वर्षमा औसत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ९.८ प्रतिशत पुगेको उल्लेख गर्नुभयो । यस वर्ष पनि आर्थिक गतिविधि उच्च रहेको छ ।

२०२५ को पहिलो ११ महिनामा वास्तविक जीडीपी वृद्धि १०.२ प्रतिशत पुगेको छ । जुन अहिलेसम्मकै उच्च स्तर हो । जापारोभले प्रमुख सामाजिक सूचकहरूमा भएको सुधारलाई पनि उजागर गर्नुभयो ।

सन् २०२४ मा कीर्गिस्तानको प्रतिव्यक्ति जीडीपी २ हजार ५ सय १३ अमेरिकी डलर पुगेको छ र बेरोजगारी दर घटेर ३।७ प्रतिशतमा झरेको छ । जापारोभले कीर्गिस्तानले हालै २०३० सम्मका लागि राज्य विकासको राष्ट्रिय कार्यक्रम अपनाएको पनि बताए, जसले चारवटा मुख्य क्षेत्रहरू परिभाषित गरेको छ ।

जसमा औद्योगिकीकरण, देशलाई क्षेत्रीय यातायात र रसद लजिस्टिक्स हबमा रूपान्तरण गर्ने, कृषि र पर्यटनको विकास, र हरित ऊर्जाको सक्रियता रहेको छ ।