Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना


130
Shares

काठमाडाैं। निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिकाे बारेमा जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ।

निर्वाचनका गतिविधिकाे बारेमा जानकारी दिन तथा सञ्चारमाध्यमहरुसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रबारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो। आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचन सम्बन्धी सूचनाहरु एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचन सम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने लक्ष्सहित सूचना सदाचार प्रवद्र्धन केन्द्र स्थापना गरिएको पनि बताउनुभयो। उहाँले यस पटक आयोगले सामाजिक सञ्जालहरुसँग समेत सहकार्य गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक सबै प्रकारको कार्यहरु तीब्र गतिमा गरिरहेको समेत बताउनुभयो। उहाँले निर्वाचनको वातावरण बनाउन आयोगले सरकार, दल र सुरक्षा निकायहरुसँग समेत निरन्तर संवादमा रहेको जानकारी दिनुभएकाे छ।