Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ


741
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ।

राष्ट्रपति पौडेलले शुक्रबार दिउँसाे राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहकाबीच मन्त्री शर्मालाई शपथ ग्रहण गराउनुभएको हो । साेही कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता रहेकाे थियो ।