काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ।
राष्ट्रपति पौडेलले शुक्रबार दिउँसाे राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहकाबीच मन्त्री शर्मालाई शपथ ग्रहण गराउनुभएको हो । साेही कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता रहेकाे थियो ।





प्रतिक्रिया दिनुहोस्