Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


सञ्चारमन्त्री खरेल र नेकपाका संयोजक दाहालबीच भेटवार्ता


221
Shares

काठमाडाैं। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

सरकारी राजनीतिक संवाद समितिका सदस्य समेत रहनुभएका मन्त्री खरेलले शुक्रबार संयोजक दाहाललाई भेटेर समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको स्रोतले जनाएको हाे। भेटमा आगामी प्रतिनिधि सभा निर्वाचनको तयारी, निर्वाचन वातावरण निर्माण र प्रमुख राजनीतिक दलहरूबीच सहमति कायम गर्ने विषयमा कुराकानी भएको बताइएको छ।

यसअघि मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्नुभएको थियो । प्रतिनिधि सभा निर्वाचन गर्ने तयारी गरिरहेका बेला भएको भेटघाटलाई राजनीतिक दलहरूबीच सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ।