Logo ११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025


रौतहटमा नालामा डुबेर एक बालकको मृत्यु


104
Shares

काठमाडाैं । रौतहटमा नालामा डुबेर एक बालकको मृत्यु भएको छ।

मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको १५ महिनाको छोरा राजन साह तेलीको नालामा डुबेर मृत्यु भएको हाे । आफ्नै घर नजिकै रहेको नालामा डुबेर बिहीबार दिउँसो उनकाे मृत्यु भएको प्रहरीले बताएको छ ।

डुबेर अशक्त भएका तेलीको वीरगन्जस्थित तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएकाे हाे।