Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबीच गुण्डुमा भेटवार्ता


650
Shares

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुभएकाे छ।

मन्त्री खरेलले हाल ओली निवास गुण्डुमा भेटघाट गरिरहनुभएकाे हाे। चुनावी वातावरणका लागि खासगरी ठूला राजनीतिक दलका शीर्ष नेतासँगको सम्बन्ध सुधारमा लागेको सरकारले पछिल्लो समय उच्चस्तरीय समिति नै बनाएर संवाद गरिरहेकाे छ।

यस अघि मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नुभएकाे थियाे। मन्त्री खरेललेको सचिवालयका अनुसार शुक्रबारै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग पनि भेट्नुहुने भएकाे छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको वातावरण बनाउने सन्दर्भमा सरकारले प्रमुख तीन दलका शीर्ष नेतासँग सघन रूपमा छलफल थालेको हो ।