Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढ्याे

सनुप्रतिताेला कतिमा हुँदैछ काराेबार ?

1.1k
Shares

काठमाडौं । नेपाली बजारमा पछिल्लाे समय सुनचाँदीको मूल्य निरन्तर रुपमा बढिरहेको छ।

सुनचाँदीको मूल्यमा शुक्रबार पनि वृद्धि भएकाे हाे। छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुन मूल्य हालसम्मको उच्च हो। गत मंगलबार प्रतितोला २ लाख ६७ हजार २ सयमा कारोबार भएको थियो । बुधबार भने छापावाल सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा काराेबार भएकाे थियाे।

चाँदीको मूल्य पनि शुक्रबार ४ हजार ५ सय ६५ रुपैयाँका काराेबार भइरहेकाे महासंघले जनाएकाे हाे। यस अघि बुधबार ४ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको हो । अमेरिकी डलरको मूल्य बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार एक औंस सुन ४ हजार ५ सय र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिद बिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।