Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


रास्वपाका सभापति लामिछाने र मेयर बालेनबीच फेरी भेटवार्ता हुने


2.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच फेरि भेटवार्ता हुने भएको छ।

ललितपुरमा बिहीबार मेयर शाह निकट कुमार बेनको घरमा सभापति लामिछाने र मेयर शाहबीच छलफल भएको हाे। रास्वपाका एक नेताका अनुसार उनीहरूबीच बिहीबार नै साँझसम्म फेरि भेटवार्ता हुने भएकाे छ। बिहीबारकाे छलफलपछि बाहिरिँदै सभापति लामिछानेले छलफल सकारात्मक भएको फ्रतक्रियिा दिनुभएकाे थियाे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ शक्तिहरू एक ठाउँमा आउने प्रयास स्वरूप उनीहरूबीच ऐेटवार्ता भएको बुझिएकाे छ।