काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउन जरुरी रहेको बताउनुभएको छ ।
दशरथ रंगशालामा बिहीबार त्रिभुवन विश्व विद्यालयको ५१औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबैको प्रयास आवश्यक रहेको पनि बताउनुभएकाे छ।
प्रधानमन्त्री कार्कीले शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा निरन्तर असफल भइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता बाेध भए अनुसार यसकाे बारेमा परामर्श र गृहकार्य भइरहेको पनि उहाँकाे भनाइ छ।
प्रधानमन्त्री कार्कीले उच्च शिक्षाको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्