Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


युक्रेनमा द्धन्द्धका कारण विद्युत संरचना क्षतिग्रस्त

आणविक केन्द्र पनि प्रभावित

650
Shares

एजेन्सी। युक्रेनमा सैन्य गतिविधिका कारण विद्युत प्रसारण संरचनामा क्षति पुगेपछि ख्मेल्नित्स्की र रिभ्ने आणविक विद्युत केन्द्रहरूले विद्युत उत्पादन घटाएका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले आणविक सुरक्षा र संरक्षणका लागि अत्यावश्यक विद्युत उपकेन्द्रहरू प्रभावित भएकाे जनाएकाे हाे। निकायका महानिर्देशक राफाएल ग्रोसीले विद्युत उपकेन्द्रहरूमा क्षति पुगेको पुष्टि गर्नुभएकाे छ। द्वन्द्वका कारण विद्युत प्रणाली लगातार कमजोर र अस्थिर बन्दै गएको उहाँकाे भनाइ छ। जसले आणविक विद्युत केन्द्रहरूको सुरक्षित सञ्चालनमा गम्भीर जोखिम उत्पन्न गरेको समेत उहाँले बताउनुभयाे।

विद्युत उपकेन्द्रहरूले भोल्टेज रूपान्तरण र नियन्त्रणमार्फत भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्छन् । जुन आणविक केन्द्रका सुरक्षा प्रणाली र रिएक्टर चिस्याउने प्रक्रियाका लागि अनिवार्य हुन्छ। जसका कारण विद्युत संरचनामा आएको क्षतिले आणविक सुरक्षालाई प्रत्यक्ष असर पार्ने निकायले जनाएको हाे।

यस महिनाको शुरुवातमा गरिएको मूल्यांकनमा युक्रेनका १० भन्दा बढी महत्वपूर्ण विद्युत उपकेन्द्रहरूको अवस्था हालसम्मकै कमजोर रहेको निष्कर्ष निकालिएको थियो। अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले सशस्त्र द्वन्द्वकाे समयमा आणविक सुरक्षा सुनिश्चित गर्न निर्धारण गरिएका आधारहरू विद्युत संरचनाको निरन्तर क्षतिका कारण कमजोर बन्दै गएको जनाएको हाे।