Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


शेयर बजारमा आज झिनाे अंकले वृद्धि


156
Shares

काठमाडौं। शेयर बजार बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य सुधार देखिएको छ ।

नेप्से परिसूचक १ दशमलव ३७ अंकले बढेर २ हजार ५ सय ८५ दशमलव ८७ विन्दुमा पुगेर बन्द भएको हाे।बजारमा झिनो सुधार देखिंदा कारोबार रकम भने घटेको छ। बजारमा कुल ३ सय ३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९ सय १७ कित्ता सेयर ३ अर्ब २२ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको हाे । मंगलबार ३ अर्ब ५० करोड बढीको कारोबार भएको थियो। कूल १ सय ११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १ सय ४२ वटा कम्पनीको मूल्य घट्दा ७ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हाे ।

समूहगत परिसूचकमध्ये बैंकिङसहित ६ समूहका सूचकमा वृद्धि हुँदा सात समूहका सूचक घटेका छन् । सबै समूहको उतारचढाव एक प्रतिशत भन्दा कम रहेको हाे। आजको बजारमा इन्फिनिटी लघुवित्तका लगानीकर्ताले सबै भन्दा बढी ५ दशमलव ३२ प्रतिशत कमाएका छन् । त्यस्तै, नेशनल हाइड्रोपावर ४ दशमलव २६ प्रतिशत, हिमस्टार उर्जा ४ दशमलव १९ प्रतिशत र सिद्धार्थ बैंक ३ दशमलव ९७ प्रतिशतले बढेका छन् । आज सबै भन्दा बढी गिरावट ग्रामीण विकास लघुवित्तको ४ दशमलव २३ अंकले भएको हाे।

कारोबार रकमका आधारमा एसवाई प्यानल शीर्ष स्थानमा रहेका हाे। साेही कम्पनीको १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी मन्जुश्री फाइनान्सको १२ करोड ७९ लाख हुँदा बाँकी सबै कम्पनीको कारोबार रकम १० करोड भन्दा कम भएकाे नेप्सेले जनाएकाे हाे।