Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


सरकारी राजनीतिक संवाद टोली राप्रपाकाे पार्टी कार्यालयमा (तस्बिरसहित)


260
Shares

काठमाडाैं। अन्तरिम सरकारका कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरुसँगको छलफल सकारात्मक र फलदायी रहेको बताउनुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुसँगको भेटका क्रममा राप्रपा कार्यालय बुधबार पुग्नुभएका मन्त्री सिन्हाले यस्तो बताउनुभएको हो । उहाँले आउने प्रतिनिधि सभा निर्वाचनलाई कसरी प्रभावकारी, धाँदलीरहित र स्वतन्त्र एवं सहज बनाउने भन्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले राप्रपाले निर्वाचन गराउनैपर्ने र त्यसका लागि आवश्यक सहयोग गर्न आफूहरु तयार रहेको प्रतिवद्धता जनाएको पनि बताउनुभएकाे छ। उहाँले आगामी दिनमा आवश्यक सुझाव दिँदै जानेबारे छलफल भएको बताउनुभयो ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल निर्वाचनको वातावरण बनाइदिन आग्रह गर्दै राजनीतिक दलहरुको कार्यालयमा धाइरहेका छन्।