Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


होटल होलिडे ईनले सुदूरपश्चिममा पहिलो पाँचतारे होटल विस्तार गर्दै (भिडियाेसहित)


1k
Shares

काठमाडाैं। होटल चेन होलिडे ईनले सुदूरपश्चिम प्रदेशमा पहिलो पाँचतारे होटल खोल्ने भएको छ।

जसका लागि होलिडे ईन आइएचजी र क्लब चौलानीबीच होटल व्यवस्थापनको सम्झौता भएको हाे। साेही सम्झौतामा होलिडे ईनका तर्फबाट आइएचजी होटल्स एण्ड रिजर्ट्सका दक्षिण एशिया प्रबन्ध निर्देशक सुदीप जैन र क्लब चौलानीका तर्फबाट अध्यक्ष राजेन्द्र केसीले हस्ताक्षर गर्नुभएकाे छ। कार्यक्रममा परियोजनासँग सम्बन्धित आईपीओ निष्कासन तथा बिक्री प्रबन्धनका लागि गरिमा क्यापिटललाई प्रबन्धकका रुपमा नियुक्त समेत गरिएको थियो ।

धनगढीमा निर्माण हुन लागेको होलिडे इन सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटल हुने भएकाे छ । होटलमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ५ प्रिमियम सुइटसहित १ सय १५ वटा आधुनिक अतिथि कक्ष रहने जनाइएको छ । यहाँ १८ हजार ५ सय बर्गफिट क्षेत्रफलमा फैलिएको अत्याधुकि क्यासिनो, ७ सय जनासम्म अट्ने ब्यांक्वेट हल र रुफटफ स्वीमिङ पुल पनि रहने बताइएको छ।

परियोजनाको कूल लगानी २ अर्ब २० करोड रहेको हाे । जसमा ६५ प्रतिशत १ अर्ब ४३ करोड बैंक ऋण र ३५ प्रतिशत अर्थात ७७ करोड प्रवर्द्धकहरुको स्व-पुँजीमाफर्त व्यवस्थापन गरिने जनाइएको छ।