Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


शेयर बजार आज सामान्य सुधार


78
Shares

काठमाडौं। शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सामान्य सुधार देखिएको छ।

३ दिनको गिरावटपछि बजार परिसूचक नेप्से ३ दशमलव २७ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेको हो। साेमबारकाे तुलनामा ० दशमलव १२ प्रतिशतको वृद्धि भएकाे हाे । बजारमा ३ अर्ब ४२ करोड कारोबार भएको छ। कूल ९२ हजार ७ सय ४६ पटकको कारोबारमार्फत ३ सय २८ कम्पनीका ७६ लाख ६८ हजार ९ सय १५ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबारमा १ सय ३४ कम्पनीको सेयर मूल्य बढेको हाे। १ सय १७ कम्पनीको मूल्य भने घटेको छ। कारोबार भएकामध्ये बाँकी ८ कम्पनीको मूल्य झने स्थिर रहेको छ। बजारमा कूल १३ समूहका सूचकमध्ये ७ सूचक बढेका छन् । बाँकी ६ समूहका सूचक भने घटेका हुन् । अन्य समूहमा सबैभन्दा धेरै १ दशमलव २८ प्रतिशत वृद्धि हुँदा अरू सबै समूहमा एक प्रतिशत भन्दा कम ऊतारचढाव रहेको छ।

एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ दशमलव ०१ प्रतिशत बढेर ८०६ रुपैयाँ पुगेको हाे। त्यस्तै, गुराँस लघुवित्तको मूल्य ६ दशमलव ०१ प्रतिशत र सयपत्री हाइड्रोपावर को ५ दशमलव ९६ प्रतिशतले वृद्धि भएको छ। सिटिजन्स लाइफ कम्पनीको सेयर मूल्य सर्वाधिक ५ दशमलव ९७ प्रतिशतले घटेको हाे ।

कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नै शीर्ष स्थानमा रहेकाे छ। यो कम्पनीको ३० करोड ९८ लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएकाे हाे। अन्य कम्पनीको १० करोड भन्दा कम नै कारोबार भएको नेप्सेले जनाएकाे छ।