Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण


130
Shares

काठमाडौं ।
विश्व ध्यान दिवस नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको छ ।

ध्यान कार्यक्रममा बोल्दै ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरुणले ओशो तपोवनमा अहिले पनि हाल पनि करिव ६० देशका मानिसहरु आएर ध्यान गर्ने गरेको बताउनुभयो ।

ध्यान र योगको आवश्यकता नेपाल भन्दा पनि विकसित देशहरुमा रहेको बताउनुभयो । ध्यान र योगको विकासका लागि नेपाल सरकारले पनि सहयोग गर्न जरुरी रहेको बताउनु भयो ।

योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय नेपालमा आवश्यक रहेको बताउनुभयो । आयुर्वेदको संवद्र्धन र ध्यानका साधकका लागि अभिभावक मन्त्रालय दिन सरकारसँग माग गर्नुभयो ।

उहाँले धार्मिक संस्थाको पैसामा कर लगाउनु नहुने माग गर्नुभयो । योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै यसबारे सोच्न सरकारसँग आग्रह गर्नुभयो । मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखको कुरा भएको बताउनु भयो । –न्युज एजेन्सी नेपाल