Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


कर्णालीसहित ३ प्रदेशको मौसममा आज बदलीको सम्भावना

देशैभरी मौसम राति भने मुख्यतया सफा रहने

728
Shares

काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै अन्य भू-भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो।

सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा शुक्रबार दिउँसो भने आंशिक बदली हुने भएको छ। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएको हो। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने भएको छ । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो।

शुक्रबार राति भने देशैभरी मौसम मुख्यतया सफा रहने भएको छ।