Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सहकारी प्रकरण: रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेशी


2.7k
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीको मुद्दामा बिहीबार पेशी तोकिएको छ।

उच्च अदालत बुटवलले बिहीबारका लागि सोही मुद्दाको पेशी चढाएको जनाएको हो । यस मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने यसअघि दुई पटक रवि पक्षका कानूनी व्यवसायीहरूले निवेदन दिएर बहस रोकिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रविले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले गत साउन २६ गते रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो।

थुनामा रहेका रविले जिल्लाको आदेशविरुद्ध गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।