Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


गोरखामा माछा मार्न गएका व्यक्ति मृत फेला


429
Shares

काठमाडाैं। गोरखामा माछा मार्न भनेर खाेलामा गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् ।

बारपाक सुलिकोट गाउँपालिका-५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोलामा मृतावस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे हाे। सिरानचोक गाउँपालिका-७, श्रीनाथकोटको साठीमुरेमा पर्ने लाङ्दी खोलामा बुधबार दिउँसो साढे २ बजे बरामको शव फेला परेको प्रहरीले बताएकाे छ।

बरामको खोलामा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे हाे।