काठमाडाैं। सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बुधबार सोही आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका आयोगका पदाधिकारीहरुसँगको भेटमा आयोगको म्याद थप गर्ने बताउनुभएको हो। आफूहरुको माग अनुसार प्रधानमन्त्री कार्कीले आयोगको म्याद थप गर्ने बताउनुभएको आयोगका अध्यक्ष कार्कीले जानकारी दिनुभयो।
प्रधानमन्त्री कार्कीसँग भेट गरी अध्यक्ष कार्कीले काम नसकिएको भन्दै आयोगको म्याद एक महिना थप गर्न आग्रह गर्नुभएको थियो । आयोगको उक्त मागअनुसार आयोगको म्याद थप गर्न प्रधानमन्त्री कार्की सहमत हुनुभएको अध्यक्ष कार्कीले बताउनुभयो।
आयोगको म्याद यहि पुस ९ गते सकिँदैछ। कार्यादेश अनुसार बाँकी कामलाई पूरा गर्न थप एक महिनाको समय आवश्यक भएकाले प्रधानमन्त्री कार्कीसँग सोही विषयमा छलफल गरिएको अध्यक्ष कार्कीले बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्